नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्ला तनहुँमा नेकपाका कार्यकर्ताको आडमा प्रहरी प्रशासनले नियन्त्रणमा लिएपछि नेपाली राजनीति फेरि एक पटक गर्माएको छ ।
वरिष्ठ नेता पौडेल वुधबार व्याँस नगरपालिकाको वडा नम्बर १, १० र ११ वडा जोड्ने पुल उद्घाटनका लागि जान लागेका बेला प्रशासनले निषेधाज्ञा जारी गर्दै उनीसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।
उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरेर पौडेललाई पुल उद्घाटनका लागि बोलाइएको थियो । पुल उद्घाटन लगाएतका कार्यक्रमका लागि केही दिन अघि पौडेल तनहुँ पुगेका थिए । त्यसअघिका विभिन्न भेटघाट लगाएतका कार्यक्रममा केही नगरेको प्रशासनले पुल उद्घाटन गर्न जाँदा भने पक्राउ गरेपछि अहिले प्रहरी प्रशासनको पनि भूमिका माथि प्रश्न उव्जिएको छ ।

निष्ठाको राजनीति गर्ने पौडेलमाथि भएको यो प्रशासनको हर्कत पछि प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा शव्दमा भत्सना गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले यसको कडा विरोध गरेका छन् भने सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा पनि गरेका छन् ।
पौडेललाई तनहुँमा प्रशासनले गरेको व्यवहार पछि काँग्रेसका भ्रातृ तथा सुभेच्छुक संघ संस्थाहरुले पनि विरोध जनाएका छन् । सबैले आफ आफ्नै तरिकाले विरोधका कार्यक्रमहरु गरे पनि संस्थागतरुपमा के गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने आएको छैन ।

नेपाली काँग्रेसका सांसद् दीव्यमणि राजभण्डारीले वरिष्ठ नेता पौडेलमाथि भएको घटनलाई काँग्रेसले हल्का रुपमा लिन नहुने टिप्पणी गर्छन् । अहिलेको सरकारले अलोकतान्त्रिक चरित्र देखाउन थालेको भन्दै काँग्रेसले यसको कडा प्रतिवाद गर्नुपर्नेमा जोड पनि दिए ।
देशान्तरसँग कुरा गर्दै सांसद् भण्डारीले भने ‘काँग्रेसका नेताहरु पिच्छे बक्तव्य आउनु र भ्रातृ तथा सुभेच्छुक संघ संस्थाले विरोध गर्नु आफ्नो ठाउँमा ठीक भए पनि सरकारविरुद्ध कसरी अघि बढ्ने भन्नेमा संस्थागत निर्णय गर्ने बेला भइसकेको छ ।’ उनले भने सभापति शेरबहादुर देउवासहित नेताहरु र नेविसंघ तरुणदल लगाएतका नेताहरुले घटनाकाे विराेधमा विज्ञप्ति निकालेकाे धन्यवाद दिन चाहन्छु ।
सांसद् भण्डारीले अब पौडेललाई काठमाडौं बोलाएर घटनाबारे सबै सत्य तथ्य पार्टीले बुझ्नु पर्ने बेला आएको पनि बताए । त्यसपछि काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक डाकेर सरकारविरुद्धको आन्दोलन शुरु गर्नुपर्नेमा जोड पनि दिए । यसैगरी अब संसदीय दलले पनि कडा प्रतिवाद गर्नुपर्नेमा उनको जोड छ ।
उनले भने तनहुँमा काँग्रेस वरिष्ठ नेता पाैडेलमाथि भएकाे घटनाकाे तस्वीर हेर्दा पनि सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएकाे छ । काेराेना महामारीकाेबीचमा पाैडेलमाथि प्रहरीले पक्राउ गर्दाकाे दृश्य हेर्दा स्वास्थ्य मापदण्ड पनि पालना नभएकाे प्रस्ट भएकाे पनि बताए ।
नेता पाैडेलकाे स्वास्थ्य अवस्था र हरेक दृष्टिकाेणले तनहुँ घटनाकाे विषयमा काँग्रेसले संसदीय दल र केन्द्रीय कार्य समिति वैठकले सरकारविरुद्ध गर्ने कार्यक्रम तय गर्न पनि माग गरे ।
यस्तै, तनहुँमा रहेका वरिष्ठ नेता पाैडेलले हिँजाे भन्दा आज अलि असहज भएकाे बताएका छन् ।





प्रतिक्रिया