देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सचिवालय बैठक बस्नु अघि अध्यक्ष ओली र दाहाल छलफलमा

देशान्तर

काठमाडौं । नेकपा सचिवालय बैठक बस्नु अघि अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिच छलफल भएको छ ।

अध्यक्ष दाहाल ओलीसँग छलफल गर्न बालुवाटार गएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए। दुई अध्यक्षबीच पार्टीमा उत्पन्न विवाद समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उच्च स्रोतले बतायो।
पार्टीको भित्रको हालको संकट समाधानका लागि दुवै तर्फबाट लिखित प्रस्ताव जारी गर्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बतायो । नेकपा सचिवालय बैठक बालुवाटारमै बस्दैछ ।