काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ।
केहिबेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन्।कोभिड १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।
बैठक १ बजेका लागि तय गरिएको थियो। साढे १ बजेसम्म पनि अध्यक्ष ओली नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेको बताईएको छ ।
ओली बाहेकका अन्य नेताहरु बैठकमा आएका छन्। स्थायी समितिमा ४४ जना सदस्य रहेका छन्।





प्रतिक्रिया