देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोहोरो शुल्क लिइरहेका सूचीकृत कोभिड अस्पताललाई कारबाही गरिने

देशान्तर

काठमाडौं । कोरोनाको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सूचीकृत अस्पतालहरुले संक्रमित र सरकार दुवैसँग शुल्क लिइरहेको पाइएको छ । संक्रमित र सरकार दुवैसँग शुल्क असुलेको जनगुनासो आएपछि यस सम्बन्धमा छानबिन गरी स्वास्थ्य मन्त्रालयले ती अस्पतालहरुलाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टमको आइतबार बसेको बैठकले कोरोनाको उपचार गरेबापत् दोहोरो शुल्क लिइरहेको सम्बन्धमा अनुगमन गरी केश व्यवस्थापन कार्यदलले अत्यावश्यक काम अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।

सूचीकृत अस्पतालहरुले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने हुन्छ र उपचारमा लागेको खर्च अस्पतालले स्वास्थ्य मन्त्रालयसँग सोध भर्ना लिने व्यवस्था छ । तर, पछिल्लो समय सूचीकृत अस्पतालहरुले नै सेवाग्राही र सरकार दुवैसँग पैसा लिइरहेको खुल्न आएको छ ।