देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस

देशान्तर

काठमाडौँ – सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।