देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधानविरोधी क्रियाकलापको विरुद्धमा एकजुट होऔं : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग मंगलवार बालुवाटारमा भएको सर्वदलीय छलफलमा ओलीले संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्ने बताएका सहभागी एक नेताले जानकारी दिए ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, छिमेकी देशसँगको सम्बन्ध तथा राजावादीहरुको प्रदर्शनका विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ । बैठकमा प्रमुख प्रतिवपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायत सहभागी छन् । आफ्नो लिखित धारणा राखेर देउवा बाहिरिएका छन् । एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् ।