देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेविसंघले मङ्सिर २८ गते देशभर सिठ्ठी फुक्ने !

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ ।

त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ‘सर्व सत्तावाद विरुद्ध सिठ्ठी फुकौँ  मङ्सिर २९ को तयारीमा सबै जुँटौँ ‘भन्ने नाराका साथ नेविसंघले प्रदर्शन गर्न लागेको हो ।