देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा आउन कांग्रेसको आग्रह

देशान्तर

काठमाडाैँ – कांग्रेसले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ। बिहीबार भएको पूर्वपदाधिकारीसहितको बैठकले विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो ।

बैठकको निर्णण सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, कडा कारवाही माग । व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह ।’ कांग्रेसले मंसिर २९ मा देशभर सरकारविरुद्धको प्रदर्शन सहभागी हुन समेत सार्वजनिक अपिल गरेको छ । कांग्रेसले यही मंसिर २९ गते देशका सबै जिल्लाहमा सरकारविरुद्ध प्रदर्शनको आयोजना गर्दै छ ।

सरकारले पक्षपाती व्यवहार गरेको, भ्रष्टाचार बढेको, सर्वसत्तावाद लादिएको विरोधमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । केही दिन अघि गृह जिल्ला तनहुँमा बनेको एक पुल उद्घाटन गर्ने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको आक्रमणको विरोधस्वरुप कांग्रेसले यो प्रदर्शन गर्न लागको जनाएको छ ।

साथै आजको बैठकले जिल्ला जिल्लामा हुने प्रदर्शनमा केन्द्रबाट केन्द्रिय सदस्यहरुलाई आधिकारिक रुपमा प्रतिनिधिका हिसावले नपठाउने निर्णय पनि गरेको छ । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर यस्तो गरिएको कांग्रेसले जनाएको छ । साथै बैठकले प्रदर्शनलाई प्रभावकारी बनाउन हरेक जिल्लाका सभापतिहरुलाई निर्देशनसमेत दिएको छ ।