काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नको लागि प्रधानमन्त्री ओलीले मङ्सिर २८ गते बिहान ९ बजे संबैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
४८ घण्टा पहिल्यै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बिहीबार प्रधानमन्त्री ओलीले २८ मंसिरमा बैठक बस्ने जानकारी गराएका हुन् । एक सदस्यका अनुसार संवैधानिक नियुक्तिहरूको कार्यसूची राखेर बैठक बोलाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् । प्रमुख प्रतिपक्षी दलका नेता बैठकमा उपस्थित नहुँदा यसअघिका बैठक प्रभावित हुँदै आएको थियो ।
रिक्त ४५ पद -राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष र ४ आयुक्त
-अख्तियार दुरुपयोग अनुसन्धान आयोग : प्रमुख र २ आयुक्त
-निर्वाचन आयोग : २ आयुक्त
-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : ४ आयुक्त
-राष्ट्रिय महिला आयोग : अध्यक्ष र चार आयुक्त
-राष्ट्रिय दलित आयोग : अध्यक्ष र चार आयुक्त
-समावेशी आयोग : अध्यक्ष र तीन आयुक्त
-आदिवासी तथा जनजाति आयोग : अध्यक्ष र चार आयुक्त
-मधेसी आयोग : चार आयुक्त
-थारु आयोग : चार आयुक्त
-मुस्लिम आयोग : चार आयुक्त





प्रतिक्रिया