देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडकमा देखिन थालेको प्रदर्शन गणतन्त्रप्रतिको निराशाः कमल थापा

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रप्रति निराशा छाएकाले सडकबाट राजतन्त्रको माग भएको बताएका छन् । बिहीबार हेटौँडामा पार्टीको चुनाव चिह्न हलोको झण्डोत्तलन गर्दै उनले सडकमा देखिन थालेको प्रदर्शन गणतन्त्रप्रतिको निराशा भएको टिप्पणी गरे ।

विदेशी शक्तिसँग झुकेर नेपाललाई जबर्जस्ती रुपमा गणतन्त्र लादेको भन्दै थापाले तत्कालीन ७ दल र माओवादीको आलोचना गरे । नेपालमा कम्युनिस्ट र कांग्रेसपछि सांगठनिक रुपमा राप्रपा बलियो भएको दाबी गर्दै उनले पार्टी एकतासँगै राप्रपा नेपाली जनताका लागि वैकल्पिक शक्ति बन्ने दाबी गरे ।

प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणालाई मनाउन नसक्दा बाध्य भएर हलो चुनाव चिह्न स्विकारेको बताए ।