देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट र परामर्शमा ब्यस्त रहेका थिए ।

सहमतिका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुसँगको भेटघाटलाई तीव्र बनाए पनि सहमति भने जुट्न सकेकाे छैन ।

प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्विकार गरेका थिए ।

ओली र प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने देखिएको छैन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएपछि विवाद समाधान नभइ झन बल्झिएकाे छ ।