देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनको सिफारिससँगै सुरक्षा चुनौतीबारे देशभर सर्कुलर जारी

देशान्तर

काठमाडौ । सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर जारी गरेको छ।

मुख्यगरी राजधानीसँगै देशभरको सुरक्षा सतर्कता बढाइएको प्रहरी प्रवक्ता वसन्त कुँवरले बताए । संसद विघटनका लागि सरकारले सिफारिस गरेसँगै आइतबार विभागीय प्रमुखहरुसँग प्रहरी महानिरीक्षक शैलेश थापाले छलफल गरेका छन्।

छलफलमा अहिलेसम्म अन्यौल नै रहेको र विघटन भइहाले त्यसले सुरक्षा चुनौती बढ्ने, देशभर प्रदर्शन हुन सक्ने र असंवैधानिक गतिविधि बढ्ने सुरक्षा निकायको निस्कर्ष छ।


अवस्था हेरेर योजना बनाउँदै जाने तयारी प्रहरीको छ। मुख्य गरी ठूला सहरमा यस्ता चुनौती बढी हुने प्रहरीको ठहर छ। यस्तै अहिलेसम्म माथिल्लो निकायबाट कुनै निर्देशन नआएका कारण प्रहरीले त्यो पनि पर्खिरहेको बताएको छ .