काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
संसद् सचिवालय स्रोतका अनुसार आइतबार साढे १० बजेपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसअघि राष्ट्रपतिसमक्ष विशेष अधिवेशन आह्वान गर्दै दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको दाहाल-नेपाल समूहको दाबी छ ।
अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् । अविश्वासको प्रस्तावमा नाम लेखाएका मन्त्रीले राजीनामा दिन लागेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेका बताइएको छ ।





प्रतिक्रिया