देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

देशान्तर

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले ७ पुस गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।

बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई असबैधानिक भन्दै यस विरुद्धमा देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।