समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गरेका छन् ।
संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकार गरेकाे घाेषणा गरेका हुन् । तिमल्सिनाले आफ्नो इच्छाबिना नै राजनीतिक नियुक्ति दिइएको भन्दै आयोगको सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताए । तिमल्सिना सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार समेत हुन् ।
समाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्, ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले यस पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । यस पदमा जाने मेरो रहर पनि छैन ।’
यस्तै राष्ट्रिय दलित आयोगका सदस्य परशुराम रम्तेलले पनि पद अस्वीकार गरेका छन् । नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको रम्तेलको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार रम्तेलले आफ्नो सहमतिबिना नै नाम सिफारिस भएको बताएका छन् ।

‘राष्ट्रिय दलित आयोगको सदस्यमा मेरो नाम पनि उल्लेख भएको छ, ‘सहमति विपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको संवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ उनले लेखेका छन् ।





प्रतिक्रिया