देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरू सिंहदरबारअघि बाट पक्राउ

देशान्तर

काठमाडौ । संसद विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।

यसैबीच सोमबार (आज ) बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेको कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।