काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको दाबी गरेका छन् ।
सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ ।
सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाए ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् ।
त्यसैगरी मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।





प्रतिक्रिया