नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठक आज पनि बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समिक्षा गर्न हिजोदेखि बैठक शुरु भएको हो ।
पहिलो दिनको बैठकमा चार जना नेताले मात्रै धारणा राखेका छन् । पार्टी कार्यालय सानेपमा दिउँसो बस्ने बैठकमा अरु केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।
तर, कांग्रेसभित्र नेकपाका कारण उत्पन्न परिस्थीतिका विषयमा पनि संस्थापन र इतर पक्षको रुपमा धारणा आएको छ ।
संस्थापन पक्षले प्रधानमन्त्री ओलीले घोषणा गरेको बैशाखको निर्वाचनका लागि तयारी गर्नुपर्ने तर्क गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वर्तमान सरकारबाट संविधान निमोठ्ने काम भएकाले अदालती प्रक्रियाबाट यसको निरुपण गरि अघि बढ्नु पर्ने पक्षमा देखिएको छ ।





प्रतिक्रिया