देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड संसदीय दलको नेता बन्दै

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ ।
हिजो केन्द्रिय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर उनको ठाउँमा माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक डाकेको हो ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।

प्रचण्ड–नेपाल पक्षीय सांसदहरुको सोमबार पनि बैठक बसेको थियो । उक्त बैठकमा ९० जना सांसदको उपस्थिति रहेको बताईएपनि ती मध्ये केही सांसदहरु मंगलबारको ओली समुहको बैठकमा पनि सहभागि भएका थिए ।