देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल नेपाल समूहले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो

देशान्तर

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दाहाल नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ ।

लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो । अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले उज्यालोलाई जानकारी दिए ।

उनका अनुसार दाहाल –नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो ।

नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ ।