देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चलचित्र छक्का पन्जा-३ युट्युबमा (भिडियोसहित)

देशान्तर

काठमाडौं – चलचित्र छक्का पन्जा-३ युट्युबमा सार्वजनिक भएको छ। हाइलाइट्स नेपालले बुधबार युट्युवमा चलचित्र अपलोड गरेसँगै अब सबैले हेर्न सक्नेछन्। दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय रहेको छ।

चलचिमा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालाको पनि अतिथि भूमिकामा अभिनय देख्न सकिन्छ। ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन्।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्रका केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन्। चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथा वस्तुका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

भिडियो हेर्नुहोस्