काठमाडौँ– नेपाल कम्युनष्टि पार्टी नेकपाको दाहाल–नेपाल समूहले पुस २० गतेसम्म पहिलो चरणमा गाउँपालिका र नगरपालिका स्तरिय भेला गर्ने भएको छ।
दाहाल–नेपाल पक्षको बिहीबारको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो। यस्तै बैठकले पुस १२ गते ७७ वटै जिल्लामा संसद विघटनविरुद्ध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ।
यस्तै दोस्रो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने र नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम बैठकले तय गरेको छ। बैठक अहिले पनि जारी छ।





प्रतिक्रिया