काठमाडौँ – नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताएका हुन् ।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।
नेकपा दाहाल-नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषयमा प्रवक्ता ज्ञवालीले संसद् नै नभएको संसदीय दलको बैठकले दलको नेताबाट हटाएको नसुहाएको तर्क गरे । उनले आफ्नो पार्टीको अबको एकमात्र एजेन्डा संगठन विस्तार र चुनाव हुने बताए । उनले भने, अब निर्वाचन घोषणापत्र नै ल्याएर आउँछौं ।





प्रतिक्रिया