देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले भन्यो- ‘नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोट गरेका छौँ’

देशान्तर

काठमाडौं । छिमेकी मुलुक भारतले नेपालमा विकसित भइरहेका पछिल्ला राजनीतिक घटनाक्रमलाई नोट गरिरहेको बताएको छ ।

बिहीबार आयोजित विदेश मन्त्रालयको नियमित भिडिओ ब्रिफिङमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोटमा राखेको बताएका हुन्।

उनले यो नेपालको आन्तरिक मामिला भएको र प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने पनि बताए। ‘छिमेकी र शुभेच्छुक भएका नाताले भारत नेपाल र नेपालीहरूलाई शान्ति, समृद्धि र विकासको बाटो अघि बढ्न सहयोग गरिरहनेछु’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार प्रतिनिधि सभा विघटन भइ वैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेपछि छिमेकी भारत पहिलो पटक बोलेको हो।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरू हुँदैछ।