नेपाल तरुण दलले १३ गते आह्वान गरिएको विरोध प्रदर्शनलाई सफल पार्न आग्रह गरेको छ ।
तरुण दलका अध्यक्ष जित जंग बस्नेतले सवै जिल्लामा परिपत्र गर्दै १३ गते नेपाली कांग्रेसले सवै निर्वाचन क्षेत्रमा गर्न लागेको विरोध प्रदर्शनलाई सफल पार्न आग्रह गरेका हुन् । वर्तमान केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन असंबैधानिक र अलोकतान्त्रिक कदम भन्दै माउ पार्टी कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा विरोध सभा गर्दै छ ।
‘सोही विरोध प्रदर्शनलाई भव्य र स भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न गराउन निर्देशन गरिन्छ ।’ अध्यक्ष बस्नेतले जारी गरेको परिपत्रमा भनिएको छ ।
यसैगरी पुस १६ गते मनाइने राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि सोही परिपत्र मार्फत अध्यक्ष बस्तेतले आग्रह गरेका छन् ।





प्रतिक्रिया