देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेर प्रचण्डले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको दावी गरे ।

पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिह्न सूर्य आफूहरुको भएको उनले बताए । पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले हामीसँग ३१५ जना छौं । सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं’, प्रचण्डले भने ।

नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्‍याउँदैमा वैधानिकता नपाउने प्रचण्डले बताए । दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं । त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस्’, प्रचण्डले भने ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।