देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केपी ओली गोमन सर्प जस्ता : झलनाथ खनाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सर्पसँग तुलना गरेका छन् । उनले ओली मनमा तुष पालेर मौका पर्खिएर बस्ने नेता भएको दावी गरे । नेता खनालले भने, ‘ओली गोमन सर्प जस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने ।’ नेता खनालले प्रधानमन्त्री ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने दावी गरे ।

कार्की ब्याङ्क्वेटमा बोल्दै नेता खनालले ओलीले संसद विघटन गरेर आफूलाई निरंकुशताको पक्षमा उभ्याएको बताएका छन् । ‘केपी ओली नितान्त निरंकुशताको बाटोमा हुनुहुन्छ । अहिलेको संविधान अनुसार संसद र प्रदेश सभा विघटन गर्न सक्दैनन्’, खनालले भने, ‘हिट्लर, फासिजम र तानाशाहीको बाटोमा हिंड्नेमाथि जनताले हिसाव किताव गर्छन् ।’

राणा शासन पञ्चायत र राजतन्त्रलाई जनताले पछारेको बताउँदै नेता खनालले ओलीको हिटलर शैलीलाई जनताले प्रतिकार गर्ने बताए । उनले ओलीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा उनले भारतका गुप्तचरसँग आधारातमा भेटे पनि जनतालाई केही जानकारी नगराएको बताए । उनले त्यसैबाट ओली र भारतीय गुप्तचरबीच साँठगाँठ रहेको पुष्टि हुने पनि बताए ।