
काठमाडौं । संसद विघटन गरेको विरोधमा सर्वोच्च अदालत अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ताहरुले ‘असंवैधानिक कदम खारेज गर’ लेखिएको प्लेकार्ड र नेविसंघको झण्डा बोकेका थिए । उनीहरुले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका थिए । तर तत्कालै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेहरुमा नेविसंघ नेता नवराज त्रिपाठी, कर्ण ओली, करुणासागर सिग्देल, अर्बत खड्का र राकेश शिवाकोटी रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सरकारको सर्वत्र विरोध भइरहेको छ ।





प्रतिक्रिया