देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाका दुवै पक्षले आज पनि छुट्टा छुट्टै कार्यक्रमहरु गर्दै

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै पक्षले आज पनि छुट्टा छुट्टै विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । आफु निकटका विभिन्न संघ संगठनहरुलाई कार्यक्रम आयोजना गर्न लगाएर आफ्नो पक्षमा कार्यकर्ता तान्ने रणनीति अनुसार उनीहरुले कार्यक्रमहरु आयोजना गरेका हुन् । नेकपा महालक्ष्मी नगर कमिटीले ललितपुरले नेकपाका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा नगर स्तरीय बृहत भेलाको आयोजना गरेको छ । स्थानीय सिद्धिपुर पार्टी प्यालेसमा विहान ११ बजेपछि हुनेगरी कार्यक्रमको आयोजना गरिएको हो ।

त्यसैगरी नेकपा धादिङ्ग काठमाडौ सम्पर्क मञ्चले नेकपाका स्थायी समिति सदस्य तथा दाहाल–माधव समूहका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काठमाडौको बालाजुस्थीत गुराँस क्याफेमा दिउँसो १ बजेपछि हुनेगरी कार्यक्रम तय गरिएको छ । नेकपाको भोजपुर काठमाडौ सम्पर्क मञ्चको भेटघाट तथा छलफल कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँ, कोटेश्वरमै आयोजना गरिएको छ । यो कार्यक्रम पनि दिउँसो १ बजे हुने र दाहाल–माधव समूहका नेताले नै सम्वोधन गर्ने जनाइएको छ ।

यस्तै नेकपाको ओली पक्षले पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा बसुन्धारामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । ओली पक्षीय नेता तथा उप प्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे बसुन्धाराको सिमा पार्टी प्यालेसमा भेला आयोजना गरिएको हो ।