काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी शशी शेरचन को निधनप्रति दुःख व्यक्त गरेका छन् ।
स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उनमा निमोनियाको समस्या देखिएको थियो ।
अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलि स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताएका छन् । “उहाँको यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय रहने छ, अध्यक्ष दाहालले वक्तव्यमा भनेका छन् । उनले स्वनाम साथीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
सम्पन्न परिवारमा जन्मेर पनि उनले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्तिका लागि सम्पूर्ण जीवन अर्पण गरेका थिए ।





प्रतिक्रिया