देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म प्रतिनिधिसभा विघटनको विपक्षमै छु काग्रेस सभापति : देउवा

देशान्तर

काठमाण्डौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरुद्धमै रहेको प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभा विघटनबारे नेपाली कांग्रेसभित्र फरक मत रहेको हल्ला भएपछि सभापति देउवाले विज्ञप्ति नै निकालेर आफू संसद विघटनको विरुद्धमै रहेको र सोमबार हुने प्रदर्शनको प्रस्ताव पनि आफैँले अघि सारेको बतएका हुन् ।

देउवाले विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले जनभावना विपरीत कदमअघि सारेकाले १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैसँग आग्रह समेत गरेका छन् ।