देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री नेपाल आउदै

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि चीनले विशेष चासो बढेको देखिएको छ । राजनीतिक रुपमा नेकपा विभजित भइसकेपछि चीनका कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु आइतबार नेपाल आउन लागेका हुन् ।

उपमन्त्री यहु चार सदस्यीय टोलीसहित आइतबार विहान काठमाडौँ आउन लागेका छन् । नेपाल भ्रमणको क्रममा यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

यो टोलीले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ । यस अघि नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेकपाका नेताहरुलाई भेट गरेकी थिइन् । यान्छीले यस अघि नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, बर्षामान पुन, कृष्णबहादुर महरासँग भेट गरेकी थिइन् ।