देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता हुने

देशान्तर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ ।

मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी भईरहेको प्रदेश सभा सांसद् राजन राईले देशान्तरलाई जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।

केन्द्रमा केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो ।

मुख्यमन्त्री राईले आफूविरुद्ध लागेर पुष्पकमल दाहाल प्रचण्ड समूहलाई सहयोग गरेको भन्दै हिजो आङ्बोलाई हटाएका थिए ।

आङ्बो गत शुक्रवार माइतीघरमा प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुले अगुवाई गरेको विरोध कार्यक्रममा सहभागी भएका थिए ।

प्रदेश १ का मुख्यमन्त्री राई नेकपा ओली समूहमा हुन् भने भिम आचार्य र इन्द्रबहादुर आङ्बो प्रचण्ड–नेपाल समूहमा छन् ।