प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् ।
राज्यमन्त्री गजमेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । तर उनले त्यसलाई अस्विकार गरेर दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी छिन् ।
यसअघि हिजो मुख्यमन्त्री राईले दाहाल–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।
आजै प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल-नेपाल पक्षको तयारी छ ।
केन्द्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन र प्रदेशमा समेत सरकार राख्ने र ढाल्ने खेल सुरु भएको छ । यसअघि वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।





प्रतिक्रिया