देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इमानलाई बन्धक राखेर अतिरिक्त पैसा आर्जन गर्ने उद्देश्य छैन मन्त्री : ढकाल

देशान्तर

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका छन् । आइतबार कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले सेवामा समर्पित हुँदै सुनाम कमाउने मात्रै उद्देश्य राखेको बताए ।

मन्त्री ढकालले भने, स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।‍

पहिले स्वास्थ्य मन्त्री बनेका ढकाललाई हालै पर्यटन मन्त्रीको जिम्मा दिइएको छ । उनले पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदनामीहरुले राम्रो नगरेको पनि मन्त्री बताए ।

तारागाउँ समितिको पनि आफ्नै महत्व भए पनि त्यस भित्रको कथा बेग्लै भएको भन्दै उनले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने बताए ।