काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनवा घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने बताएका छन् । जसपाको आज काठमाडौँको शान्तिबाटिकामा भएको कोण सभामा बोल्दै डा. भट्टराईले इतिहास दोहोरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान विपरित संसद विघटन गरेको आरोप लगाए ।
उनले ओलीले चुनावको घोषणा गरेर सडकबाट टिपेर मन्त्री बनाएको भन्दै उनमा कति दम्भ छ भन्ने प्रमाणित भएको बताए । जसपाले प्रधानमन्त्री र राष्ट्रपति प्रतिगमनमा गएको भनेर तुरुन्तै विरोध गरेको बताउदै यो असंबैधानिक र अलोकतान्त्रिक भएको बताए । डा. भट्टराईले प्रतिगमन एकैपटक नआउने भन्दै यो एक एक गरेर आउने बताए । उनले संसदमा गरिएको प्रहार यतिमै नरोकिने बताए ।
उनले ओलीले कम गर्न नसक्ने अनि काम गर्न दिएनन् भनेर भनेको भन्दै सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको बताए । डा. भट्टराईले यस कदमको ससक्त विरोध गर्नुपर्ने बताए । जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्ण रुपमा खारेज गरेको छ ।





प्रतिक्रिया