देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारीसँग चिनियाँ कम्युनिष्ट पार्टीको टोलिको भेटवार्ता

देशान्तर

काठमाडौं – नेपाल भ्रमणमा आजै काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलिले राष्ट्रपति विध्याद्वी भण्डारीसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यहुसहित आएको चार सदस्यीय टोलिले आइतबार काठमाडौँ आउनासाथ राष्ट्रपति भण्डारीलाई भेटेको हो ।

नेकपाको बिभाजनबाट असन्तुष्ट रहेको चिनियाँ कम्युनिष्ट पार्टीको यो टोलिले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ । नेपाल भ्रमणको क्रममा यहुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।