देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदर्शनको पूर्वसन्ध्यामा सर्लाहीमा कांग्रेसको राँके जुलुस

देशान्तर

सर्लाही – सरकारले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस सर्लाहीले राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध सोमबार गर्न लागिएको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा कांग्रेसले सर्लाहीका विभिन्न पालिकाहरूमा राँके जुलुस निकालेको हो ।

असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभा विघटनको विरोध स्वरूप राँके जुलुस निकाल्नु परेको कांग्रेसका इश्वरपुर नगर सभापति बेचुप्रसाद तिमिल्सिनाले बताए। कांग्रेसले सोमबार देशव्यापी प्रदर्शनको तयारी गरेको छ ।