देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

देशान्तर

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो ।

यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।