काठमाडौं – संसद् विघटनविरुद्ध दाहाल-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ। आज नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो। काठमाडौंसँगै देशभर प्रदर्शन सुरु भएको छ। काठमाडौंमा बिहान ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुस निकाल्न थालिएको छ। लैनचोर, नक्साल, टेकु, नयाँबानेश्वर, कुपन्डोल र बागबजारबाट जुलुस निस्कन सुरु गरेको छ।
सबै ठाउँबाट आएको जुलुस भृकुटीमण्डपमा पुग्नेछ। त्यहाँ आयोजना हुने विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा सडकमा उत्रिएको छ। यस अघि प्रचण्ड र नेपाललगायतका नेताले माइतिघर मण्डलमा धर्ना दिएका थिए।





प्रतिक्रिया