काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सदन नभएर ओली सरकारको विघटन भएको बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा दाहाल-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै उनले संसद विघटन ओली सरकारको भएको बताएका हुन्।
संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर ओलीले सदन विघटनको प्रस्ताव गरेका छन्। ओलीले सदन होइन, आफ्नो सरकारको विघटन गरेका हुन्। सदन जीवित छ। उनले कलंकको टीका लगाएका छन्। उनले नेपाली जनताको सामु माफी माग्नुपर्छु, उनले भने। सर्वोच्च अदालतले संविधाको मर्म र भावना बोक्न सक्दैन भनेर आफूले सोच्न नसक्ने उनले बताए।
संविधान र लोकतन्त्र माथिको निर्मम प्रहारलाई सच्याउने प्रयत्न गरिएन भने आन्दोलनको आँधी बेहरी आउने छ। समयमा गल्ती सच्याएनौ भने २५० वर्षको राजतन्त्रलाई त फाल्ने जनताले ओलीको निरंकुशतालाई पनि सजिलै फाल्ने उनले बताए। बैठक भनेपछि ओलीको सातो जाने गरेको बताए।





प्रतिक्रिया