देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा प्रचण्ड-माधव समूह

देशान्तर

नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक आज बस्दैछ । उपत्यकामा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन कार्यक्रमको तयारीका विषयमा छलफल हुनेछ । बैठकपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने नेताहरुले बताएका छन् ।

आजै प्रचण्ड-माधव समूहले अखिल नेपाल महिला संघको वृहत भेला पनि आयोजना गरेको छ । भेलालाई पार्टीका शीर्ष नेताहरुले पेरिसडाँडामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुस पाँच गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा विभाजित भएको छ । प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड-माधव पक्षले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।