काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समयसम्म लैजान नसकिने बताएका छन् । प्रतिनिधिसभा विघटन भएको अवस्थामा विधेयकहरू दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेकाले सरकारी बिजनेसविना अधिवेशन लामो समय लैजान नसकिने बताएका हुन्।
यस्तै, अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई अपिल गरेका छन्। पुष १७ गतेदेखि सुरु हुने बैठकका लागि संसद सचिवालयले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी गरे पनि संसदभित्रको तयारीले मात्र संक्रमण रोक्न प्रयाप्त नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले विशेष सावधानी उपनाउन सदस्यहरूलाई आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले बैठकअघि बिहिबार राष्ट्रियसभाका सदस्यहरूको कोभिड–१९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए।





प्रतिक्रिया