काठमाडौं – प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेका छन् । उनले बुधबार साँझ दाहाललाई फोन गर्दै उपचाररत दाहालपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाङ बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘दुवै नेता मेडिसिटी पुगेर स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको कामना सुनाए। प्रधानमन्त्री स्वयंले पनि दाहाललाई फोन गरेर स्वास्थ्यलाभको कामना गरे’, महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (दाहाल-माधव पक्ष) का अध्यक्ष समेत रहेका दाहालकी पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ ।





प्रतिक्रिया