देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूची

देशान्तर

काठमाडौँ – शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूची सार्बजनिक भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस १७ गते शुक्रबार दिउँसो ४ बजे राष्ट्रपतिले आह्वान गरको राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको हो । अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त गर्ने भएका छन् ।

त्यस्तै शुक्रबारको बैठकका लागि अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, अध्यादेशहरु, राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७, थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन बैठकको कार्यसूचीका रुपमा रहेका छन् । बैठकको पूर्वसन्ध्यामा आज बिहानदेखि राष्ट्रियसभा सदस्य, कर्मचारीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।