देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली निर्वाचित ‘तानाशाह’ बने : पौडेल

देशान्तर

पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको बताएका छन्। ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको कार्यक्रममा उनले केपी ओली निर्वाचित तानाशाह बन्न खोजेको बताएका हुन् । उनले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने जनाए । उनले सबै मिले राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए ।

उनले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्ने प्रयास भएको बताउँदै प्रतिनिधिसभाको पुनस्स्थापना हुनेमा विश्वास व्यक्त गरे । नेता पौडेल विघटित संसद पुनस्स्थापनाको आन्दोलनमा कम्युनिस्ट (दाहाल–नेपाल) पक्षसँग कांग्रेस मिल्नुहुँदैन भन्नेहरु दरबार परस्त भएको बताए । इतिहासमा कम्युनिस्टसँग मिलेर चलाइएका संयुक्त संघर्षबाट कांग्रेसलाई कहिल्यै घाटा नभएको उनको भनाइ थियो ।