देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले झुठो दाबी गरेपछि निर्वाचन आयोगको खण्डन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षको आधिकारिता दावीसहितको निवेदन निर्वाचन आयोगले फिर्ता गरिसकेको दावी गरेपछि निर्वाचन आयोगले त्यसको खण्डन गर्दै प्रधानमन्त्रीको दाबीलाई झुठो सावित गरिदिएको छ ।

नेकपाको आधिकारिता विवाद सम्बन्धमा आयोग बोल्नु अघिनै प्रधानमन्त्री एवं नेकपाको एक समूहका अध्यक्ष ओलीको प्रतिक्रिया आएपछि आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले त्यसको खण्डन गरेका हुन् ।

प्रवासी नेपाली मञ्चहरुले गरेको संयुक्त भर्चुअल कार्यक्रममा ओलीले आफूहरु नै आधिकारिक नेकपा भएको दावी गरेका थिए । प्रचण्ड–नेपाल समूहको निवेदनको रित नपुगेको भन्दै आयोगले फिर्ता गरेको ओलीले दावी थियो ।

त्यस लगत्तै ओलीको दाबीको खण्डन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता गरेको दाबी सत्य नभएको बताए । निवेदन हालसम्म छानविनकै क्रममा रहेको र अन्तिम निर्णय आइनसकेको जानकारी दिए ।

विभाजित नेकपाको प्रचण्ड नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गरेका ओलीले चुनाव गराउन नचाहेको भनिरहँदा ओलीले भने चुनाव नहुने भए सूर्य चिन्ह किन चाहियो भन्दै प्रश्न पनि गरेका छन् ।