देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली समूहको कार्यकर्ता भेला कमलादीमा सुरु

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकर्ता भेला सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा ओली समूहको कार्यकर्ता भेला कार्यक्रम सुरु भएको हो।

भेलामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भेलामा प्रधानमन्त्री ओली बाहेकका नेताहरू पुगिसकेका छन्।

यसअघि कोटेश्वरमा रामेछाप–काठमाडौं सम्पर्क कमिटीको आयोजनामा कार्यकर्ता भेला भएको थियो। भेलामा महासचिव विष्णु पौडेल र नेता लेखराज भट्टले सम्बोधन गरेका छन्।

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपाले छुट्टाछुट्टै भेला र बैठकहरू गर्दै आएका छन्।