देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हत्यामा संलग्नलाई कारबाही गर्न तरुणदलको माग

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल तरुण दलले कपिलवस्तु जिल्लाका काँग्रेस कार्यकर्ता राजेश सेनको हत्यामा संलग्नलाई जतिसक्दो चाँडो कारबाही गर्न माग गरेको छ । 

तरुण दलले पत्रकारसम्मेलन गरी माघ २८ गते कपिलवस्तु जिल्लामा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको श्रद्धाञ्जलि सभाको तयारी गर्ने क्रममा नेपाल तरुण दल वाणगङ्गा इकाइका अध्यक्षसमेत रहेका सेनलाई अज्ञात समूहले गोली हानी हत्या गरिएको भन्दै परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेको छ । 

तरूण दलले सेनलाई सहिद घोषणा गर्न पनि माग गरेको छ । तरुण दलका अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत सरकारले कुनै सुनुवाइ नगरेको भन्दै बाध्य भएर कडा सङ्घर्षमा उत्रने चेतावनी दिए । 

]]>