देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ गृहमन्त्री:थापा

देशान्तर

काठमाडौ गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको महिला संगठन अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले आइतबमार बिहान बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताएका हुन्।

उनले राजनीतिक पार्टीको सडम आन्दोलनका क्रममा राष्ट्रपतिविरुद्ध अमर्यादित, अशोभनीय, अराजक नारा लगाएको भन्दै उनले आफूले त्यस्तो नारा लगाउनेलाई कारबाहीको निर्देशन दिइसकेको बताए।